• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मिल्दो नाम राखेर नोक्सानी पुर्‍याएको भन्दै एक्समाथि मुद्दा

    0.9K
    SHARES



    काठमाडौं । मिल्दोजुल्दो नाम राखेर नोक्सानी पुर्‍याएको भन्दै एलन मस्कको कम्पनी एक्स कर्पोरेसन विरुद्ध मुद्दा परेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार फ्लोरिडाको एड एजेन्सी कम्पनी एक्स सोसल मिडिया एलएलसीले सङ्घीय अदालतमा सोमवार मुद्दा दायर गरेको हो ।

    मस्कले ट्वीटरको नाम परिवर्तन गरी एक्स राख्दा त्यसले अनुचित प्रतिस्पर्धा तथा ट्रेडमार्कको उलङ्घन गर्नुका साथै भ्रामक र अनुचित व्यापार अभ्यास गरेको सो कम्पनीको आरोप छ । एक्स सोसल मिडिया सन् २०१६ देखि निरन्तर सञ्चालनमा आएको कम्पनी हो ।

    एलन मस्कले मिल्दोजुल्दो नाम राख्दा आफ्नो आम्दानी घटेको समेत उसको दाबी छ । यो सन्दर्भमा एक्स सोसल मिडियाको मुद्दा कति बलियो हुन्छ स्पष्ट भने छैन ।

    कानूनका प्राध्यापक अलेक्जान्ड्रा रोबर्ट्सले द भर्जसँगको कुराकानीमा गत वर्ष नै एक्स कर्पोरेसनमाथि कुनै न कुनै कम्पनीले मुद्दा दायर गर्ने अनुमान गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ