• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अभिनेता केसीलाई आज अदालतमा उपस्थित गराइँदै

    1.1K
    SHARES



    काठमाडौं । फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ ।

    म्याद थपका लागि अहिले केहीबेरमा केसीलाई उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी कुमोद ढुंगेलले बताए ।

    आपराधिक विश्वासघात गरेको आरोपमा सुदर्शन थापा प्रोडक्सन नामक फिल्म कम्पनीले अभिनेता केसीविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । केसीलाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भएका थिए । पक्राउविरुद्ध केसीले केही दिनअघि उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश पनि लिएका थिए ।

    देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिए पनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने प्रहरीको भनाइ छ ।

    तर केसीका वकिल परशुराम कोइरालाले चाहिं उच्च अदालतको आदेश आइसकेकाले हिरासतमा राख्न उचित नभएको बताए ।

    रावायण फिल्मका निर्माताले अभिनेता केसीले १० लाख रुपैयाँ लिएर पनि फिल्म खेल्न नमानेको बताएका छन् । तर केसीले चाहिं आफूले पैसा लिए पनि लिखित सहमति नगरेको बताइसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ