• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जब ह्वेल माछाले डुङ्गा पल्टाइदियो

    1.5K
    SHARES



    सिड्नी । अस्ट्रेलियाको सिड्नी नजिक स्थानीय समय अनुसार शनिबार बिहान ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना अस्पतालमा भर्ना भएका छन् ।

    स्थानीय समय अनुसार बिहान ६ बजे बोटनी बेको हेडल्याण्ड बाहिर दुईजना मानिस पानीमा डुबेको रिपोर्टलाई आएको न्यू साउथ वेल्स वाटर पुलिस कार्यवाहक सुपरिटेन्डेन्ट सिओभान मुनरोले जानकारी दिइन् ।

    ‘डुङ्गाबाट दुई पुरुष व्यक्तिलाई उद्धार गरिएको थियो,’ मुनरोले भनिन्, ‘ती मध्ये एकको मृत्यु भएको पुष्टि भएको थियो ।

    प्रारम्भिक रिपोर्टहरूमा एक ह्वेलका कारण डुङ्गा पल्टेको हुन सक्ने पाइएको छ ।’ डुङ्गालाई बरामद गरिएको र अब त्यसको फोरेन्सिक परीक्षण हुने मुनरोले बताइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ