• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चीनको छोङछिङ सहर घुमफिर गर्दै प्रधानमन्त्री प्रचण्ड

    1.4K
    SHARES



    चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजधानी बेइजिङको भेटवार्ता सकेर मंगलबार बिहान छोङछिङ सहर घुमफिरमा लागेका छन् ।

    प्रधानमन्त्रीले आज छोङछिङ महानगरमा कृषि र उद्योगको अवलोकन गर्ने कार्यक्रम रहेको छ । मंगलबार दिनभर छोङछिङ घुमेर बुधबार बिहान तिब्बत जाने कार्यक्रम रहेको छ ।

    छोङछिङ महानगर चीनको कृषि र उद्योगमा आधुनिकीकरण गरिरहेको सहर हो । छोङछिङ नगरपालिका चीनका शक्तिशाली नगरपालिका मध्ये एक हो ।

    राजधानी बेइजिङ, शाङघाई, थियानचिन र छोङछिङ चारवटा नगरपालिका चीन सरकारको केन्द्रशाशित हुन । जसलाई सरकारले प्रान्त सो सरहको अधिकारी दिइएको छ ।

    यी चार नगरपालिकाको पार्टी सचिव चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को पोलिटब्युरो सदस्य हुने गर्दछन् ।

    छोङछिङमा स्थापना गरिएको गरिबी निवारण सहकार्य केन्द्रले चिनियाँ गरिबी निवारण अनुभवलाई दक्षिण एसियाली देशहरूसँग साझेदारी र सहयोग आदानप्रदान गर्ने लक्ष्य राखेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ