• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    निजि विद्यालयहरुमा अखिल क्रान्तिकारीको ताला

    2.7K
    SHARES



    काठमाडौँ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले पुर्व प्रधानमन्त्री पत्नि तथा प्रतिनिधि सभाका सांसद आर्जु राणाले सन्चालन गरेको ललितपुरको युलेन्स स्कुल लगायतका निजि विद्यालयहरुमा तालाबन्दी गरेको छ ।

    क्रान्तिकारीका एक दर्जन बढी विद्यार्थी नेताहरूको टोलिले सोमबार ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुलमा तालाबन्दी गरेका हुन् । उक्त स्कुल विद्यार्थीहरुबाट देशको सबैभन्दा बढी शुल्क उठाउने विद्यार्थीलय मध्य एक हो ।

    त्यस्तै सरकारका वहालवाला शिक्षामन्त्रि अशोक राईको लगानी रहेको काठमाडौंको बुद्धनगरमा अवस्थित स्वप्नवाटीका स्कुल र सांसद बिनोद चौधरीको लगानी रहेको ललितपुरको क्याम्पिएन कलेज सहित सांसद, उच्च पदस्थ कर्मचारी र प्राध्यापकहरुको लगानी रहेका दर्जनौं विद्यालयहरुको प्रिन्सिपल र लेखा शाखामा क्रान्तिकारीले तालाबन्दी गरेको छ ।

    अखिल (क्रान्तिकारी) ले प्रस्तावित शिक्षा विधेयक जनघाती, प्रतिगामी भएको भन्दैं त्यसलाई खारेज गरेर शिक्षामा निजीकरण र व्यापारीकरणख अन्त्य सहितको शिक्षा ऐन जारी गर्न सरकार संग माग गरेर घोषित रुपमा चरणबद्ध संघर्ष गर्दै आइरहेको छ ।

    साथै उक्त संगठनले मन्त्री, जनप्रतिनिधि, राजनीतिक दलका ठुला नेता, विश्वविद्यालयका प्राध्यापक, उच्च पदस्थ कर्मचारीहरुले शिक्षामा लगानी गर्न नपाउने व्यवस्था गर्न समेत माग गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ