• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शिक्षकहरू सडकमा, विद्यालय बन्द

    1.4K
    SHARES



    काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर दोस्रो दिन पनि सडक आन्दोलन गरेको छ।

    बिहीबार देशभरिका सामुदायिक विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो। शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरू गरेका हुन्।

    सरकारले शिक्षकहरूसँग पहिलो चरणको वार्ता समेत गरेको छ। बिहीबार बिहान गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकहरूले वार्ता गरेका थिए। वार्ताका क्रममा उनीहरुबीच कुनै ठोस सहमति नभए पनि आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको बुझिएको छ।

    शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो।

    आन्दोलनमा ४ हजार बढी शिक्षकहरू सहभागी भएको बताइएको छ। शिक्षकहरूले अनिश्चितकालिन आन्दोलन गरेका हुन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ