• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    टिकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा

    2K
    SHARES



    काठमाडौँ। टिकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदीबन्दी कैलाली कारागारबाट रिहा भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना रिहा भएका हुन् ।

    रिहा हुनेमा टीकापुर नगरपालिका-४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका-७ मोतीपुरका हरिनारायण चौधरी र जानकी-७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन बिताई रहेका थिए ।

    त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका-७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुने भएका छन् । उनलाई आजै पोखराबाट काठमाडौं र काठमाडौँबाट धनगढी पठाइने भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ