• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई रिहा

    1.8K
    SHARES



    काठमाडौँ । तीनकुने सामूहिक हत्या प्रकरणमा प्रहरीले यसअघि पक्राउ परेका दीपेन्द्र राईलाई रिहा गरेको छ ।

    उनको हत्यामा कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

    हत्या आरोपमा प्रहरीले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेर आजै सार्वजनिक गरेको थियो ।

    शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।

    यस्तै, राजधानीको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।

    भण्डारीले मृत्यु भएका राईसँगको पुरानो दुस्मनीको बदला लिन सो घटना भएको खुलेको हो । घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेर आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

    बोल्न नसक्ने उनलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिइबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

    नवीनसँग मात्रै दुष्मनी भएपनि पोल खुल्ने डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ