• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तिनकुने सामूहिक हत्याकाण्ड : थप १ जना पक्राउ

    2.3K
    SHARES



    काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि दीपेन्द्र राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    आइतबार थप एकजना शंकास्पद व्यक्त्तिलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतलेबताएका छन्। पक्राउ गरिएका आरोपितको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

    अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार हत्यामा संलग्न शंकित व्यक्ति कोटेश्वर हुँदै पेप्सिकोलातर्फ गएको सीसीटीभीमा देखिएको छ । उक्त्त व्याक्त्ति झोला बोकेर पेप्सिकोलास्थित खहरेसम्म पुगेका छन् ।

    शुक्रवार मध्यराति काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा रहेको दिब्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित ४ जनाको सामुहिक हत्या भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ