• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ६० किलो सुन तस्करी प्रकरण- २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय

    2.4K
    SHARES



    काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले जम्मा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको छ ।

    ब्युरोले बुधबार सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको हो । जबकि सीआईबीले पक्राउ गरेर ३२ जनालाई हिरासतमा राखेको छ भने अन्य १८ जना फरार रहेको जनाएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता जनक घिमिरेले २५ जना थुनुवा र ४ जना फरार प्रतिवादी गरी कुल २९ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन पेश भएको जानकारी दिए । प्रतिवेदन कुल ३१४ पृष्ठको रहेको जनाइएको छ ।

    अब सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गरेर प्रतिवादी टुंगो लगाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नेछ । हङकङबाट ब्रेकप्याडमार्फत आएको अवैध सुन साउन ३ मा सिनामंगलबाट बरामद राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । राजश्व हुँदै सो प्रकरणको अनुसन्धान सीआईबीले टुंग्याएर मुद्दा दायर गर्न लागिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ