• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बैक-विमा विजनेश

    वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे बैंक

    1.4K
    SHARES



    काठमाडौँ । माछापच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक चालू आ.व. २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।

    बैंकको शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट रु. १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ अर्थात चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र रु. ७ करोड १८ लाख ८९ अर्थात चुक्तापूँजीको ०.७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णग गरेको छ ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरे संगै मिति भदौँ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले असोज १८ गते सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।

    बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपंैया संचित छ ।

    हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ