• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भुटानको ड्रुक एयरद्वारा पोखरामा चार्टर उडान

    1.2K
    SHARES



    पोखरा । भुटानको रोयल भुटान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक चार्टर उडान भरेको छ । रोयल भुटान एयरलाइन्सले शनिबार चार्टर उडान भरेको हो ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को एयरबस ३१९ ले चार्टर उडान भरेको हो ।

    उक्त्त जहाज बिहान ६ बजेर ३९ मिनेट जाँदा पोखरा विमानस्थलमा अवतरण गरेको थियो भने बिहान ८ बजेर ५ मिनेटमा भुटानको पारोतर्फ उडेको थियो ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि पारोमा हप्तामा ७ फ्लाइट गर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हप्तामा ७ वटा फ्लाइट गर्ने गरी ड्रुक एयरले अनुमति पाएको बताएका छन् ।

    उनका अनुसार भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ । यसअघि, चीनको सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ