• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गृहमन्त्रीको राजीनामा माग्दै शान्ति बाटिकामा प्रदर्शन

    2K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेको छ ।

    तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो ।

    सो घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ ।

    तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ