• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज यी ३ जिल्लामा सार्वजनिक बिदा

    1.4K
    SHARES



    काठमाण्डाै। बाग्मती प्रदेश सरकारले आज तीन वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बाग्मती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

    केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले आज बाग्मतीको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले बताउनुभयो ।

    बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समुदायको बाहुल्यता रहेको छ । न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले भने हिजो र आज दुई दिन सार्वजनिक बिदा दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ