• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, पर्नेको सङ्ख्या २७ पुग्यो

    3.2K
    SHARES



    काठमाण्डाै । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरोले शिव कुमार सराफलाई पक्राउ गरेको हो । बारा घर भएका सराफलाई पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले बताए । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

    असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको उक्त्त  सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट खुलेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ