• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कांग्रेस सहमहामन्त्री यादवको आईसीयूमा उपचार हुँदै

    1.2K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी गराएको हो ।

    कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले दिउँसो यादवमाथि धारिलो हतियारले आक्रमण गरेका हुन् । आक्रमणमा घाइते भएका यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट भने नदेखिएको जनाएको छ ।

    उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जरी-ओर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरुद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको छ भने अहिले घाउमा टाँका लगाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ