• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकालसहित ३ नेता गिरफ्तार, अपहरण शैलीमा कहाँ लगियो ?

    25.5K
    SHARES



    काठमाडौं, २७ जेठ। 

    प्रहरीले काठमाडौँबाट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकालसहित ३ जना केन्द्रीय नेताहरुलाई गिरफ्तार गरेको छ । ढकालसंगै केन्द्रीय काेषाध्यक्ष नरेन्द्र विक र केन्द्रीय सदस्य प्रकाशलाई प्रहरीले गिरफ्तार गरेको हो।

    नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारीका अध्यक्ष ढकाललगायतको टोली पार्टी कामको शिलशिलामा रहेका बेला काठमाडौंको जोरपाटीबाट गिरफ्तार गरिएको क्रान्तिकारी निकट श्रोतले बताएको छ ।

    पछिल्लोपटक कोस्टवाला नेकपा नेतृत्वको ओली सरकारले नेकपाका नेता कार्यकर्तामाथि देशभर ब्यापक धरपकड बढाई रहेका बेला सोमबार संगठनको एक कार्यक्रममा जाँदै गर्दा बाटोमा हिंडिरहेका उनीहरुलाई गिरफ्तार गरेर हानगरीय प्रहरी वृत्त बौद्धमा लगिएको समाचार श्रोतको भनाई छ।

    प्रचण्ड-ओली नेतृत्वको सरकारले गरेको उपभोग्य बस्तुको मुल्यबृद्धि र शैक्षिक क्षेत्रमा नीजि विद्यालयहरुले लिइरहेको चर्को शुल्क विरुद्ध अखिल (क्रान्तिकारी) लगायत ८ विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेको बेला अध्यक्षसहितका विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    सादा पोशाकमा आएको प्रहरीले उनीहरुलाई बाटोबाटै अपहरण शैलीमा गिरफ्तार गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । आठ बिद्यार्थी संगठनहरुको संयुक्त आन्दोलन सुरु भएपछि सरकार अखिल क्रान्तिकारीसंग बढी तर्सित भएको र आफ्ना नेताहरु गिरफ्तार गरेको उसको आरोप छ ।

    क्रान्तिकारीका केन्द्रीय सदस्य हर्क बिकले सञ्चार केन्द्रलाई प्रतिक्रिया दिदै सरकारले गरेको मुल्यबृद्धि विरुद्धको गरिएको आन्दोलन र शिक्षा स्खेत्रको विकृति विसंगति विरुद्ध सुरु गरिएको आन्दोलनमा क्रान्तिकारीको बढी भूमिका हुने आशंकामा प्रहरीले अध्यक्ष ढकालसहितका नेताहरुलाई गिरफ्तार गरेको हुनसक्ने बताएका छन् ।

    आइतबार कमलादीस्थित प्रज्ञाभवनमा आठ वटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया सम्पन्न गरी केन्द्रिकृत आन्दोलनमा जानेबारे औपचारिक धारणा सार्बजनिक गरेका थिए  ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ