• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ६० किलो सुन प्रकरणमा पौडेल पक्राउ

    7.9K
    SHARES



    काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल छन् ।

    हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सोहि सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याइएको हो ।

    सुन प्रकरणमा पक्राउ गरिएका गणेश पौडेल सहित पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार तस्करीमा चिनियाँहरूको मुख्य भूमिका देखिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ