• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    नेपाली सेनाका गुल्मपति पण्डित सम्पर्कविहीन

    3.7K
    SHARES



    काठमाडौँ। डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको बेस क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

    आइतबार साँझदेखि उनी सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताएका छन् ।

    ‘उहाँले बडीगार्ड पनि छाडेर हिँड्नुभएको रहेछ । अहिलेसम्म पनि सम्पर्कमा आउनुभएको छैन,’ उनले भने, ‘बडीगार्ड पनि नलगेपछि शंका लागेर खोज्न पठाएको छु ।’

    गुल्मपति पण्डितको खोजीमा डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा प्रहरी परिचालन गरिएको पनि उनले बताए ।

    ‘उहाँ हिजो साँझ त्रिपुरासुन्दरीमा हुनुहुन्थ्यो भन्ने जानकारी पाएका छौं । खोजी कार्य जारी रहेको छ,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया