• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आफैँ लुकेर अपहरणको नाटक गर्ने ४६ वर्षीय कुमार पक्राउ

    1.6K
    SHARES



    काठमाडौँ । आफैँ लुकेर अपहरणको नाटक गर्ने एक जना मकवानपुरमा पक्राउ परेका छन् ।

    आफैँ लुकिछिपी बसेर अपहरणको बहाना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर हिजो आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

    यही भदौ ३ गते बिहान साढे ११ बजेतिर घरबाट निस्केर परिवारकाे समेत सम्पर्कमा नआएका राक्सिराङ-५ का ४६ वर्षीय कुमार प्रजाले आफैँ लुकिछिपी बसेर अपहरणको नाटक गरेकाले पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन् ।

    उन्ला अनुसार, प्रजालाई मनहरी गाउँपालिका-४ नयाँ बस्तीमा सूर्यबहादुर प्रजाको घरमा आफैँ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

    पक्राउ परेका कुमार र सानुबाबु रुम्बाकाे बीचमा आर्थिक लेनदेन रहेको थियो । प्रहरीले गोप्यरूपमा अनुसन्धान गर्दै जाने क्रममा कुमार श्रीमती तथा अन्य व्यक्तिसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको पनि खुलेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया