• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘अधिकारको खोजी गर्दा सामाजिक सद्भाव बिग्रियो भन्ने गल्ती नगरौँ’

    2.1K
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले अधिकारको खोजी गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताए ।

    आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अधिकारको माग गर्नेहरुलाई सामाजिक सद्भाव बिगार्ने काम गर्यो भनेर गलत अर्थ लगाउन नहुने बताएका हुन् ।

    उनले सबै जाति र समुदायले मिलेर देश बनाउने बेलामा जातीय विभेद खडा गर्न नहुने बताए । सांसद सुनारले जातीय आधारमा साना र ठूला भन्ने काम गर्न नहुने पटकपटक दोहोर्‍याए ।

    सांसद सुनारले निजामती सेवामा पनि जनसंख्याको आधारमा उत्पीडित दलीय समुदायको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया