• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नदीमा बहाव बढ्दो, महाकाली खतरा तहमाथि

    1.4K
    SHARES



    काठमाण्डाै । डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गरेको छ ।

    डडेल्धुराको पारिगाउँ मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बहाव बढ्दो क्रममा रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।

    डडेल्धुरा र कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । महाकालीमा पानीको सतह अहिले ७ मिटरसम्म पुगेको छ । पारिगाउँ मापन केन्द्रमा ५.८० मिटर पानी पुग्दा सतर्कता तह पार गरेको मानिन्छ ।

    आज महाकाली, नारायणी र मर्स्याङ्दी नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका धेरै ठाउँमा अस्ति मङ्गलवारदेखि झरी परिरहेको छ । भोलि शुक्रवार पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताएका छन् ।

    उनका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १-२ ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

    मधेस प्रदेशमा राति र अन्य प्रदेशका १-२ ठाउँमा दिउँसो ठूलो पानी पर्ने पनि उनले बताए । मौसमविद् पौडेलका अनुसार पर्सि शनिवारदेखि भने मौसम खुल्ने सम्भावना रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया