• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सानोठिमीबाट भागेका ८६ जना ‘नाबालक बन्दी’ पुन: पक्राउ

    2.4K
    SHARES



    काठमाडौँ । भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका ८६ जना नाबालक बन्दीहरूलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरू भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।

    पक्राउ गरिएका ८६ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । फरार भएका २ सय २१ जना जना नाबालक बन्दी मध्ये केहिलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यले बताएका छन् ।

    बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । झडपको क्रममा नाबालक बन्दीहरू भागेका हुन् । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।

    अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बालसुधार गृहमै रहेका थिए । मृतकको शव पोष्टमार्टमका लागी काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ