• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

    2.2K
    SHARES



    काठमाण्डौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

    संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

    अब राष्ट्रपतिले हुनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्ने छन् । सुनुवाइअघि उजुरीकर्ताहरुसँग पनि छलफल भएको थियो ।

    श्रेष्ठ विरुद्ध ३ वटा उजुरी परेका थिए । श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका छन्।

    उनले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पृष्ठको योजना पेस पनि पेसगरेका छन् ।

    श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्ने छन् । २०१६ साल असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका हुन् ।

    श्रेष्ठ २०७३ साल साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन् । उनले २०८१ सालको असोज २० गते ६५ वर्षे उमेरहदका कारण अवकाश पाउनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ