• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईसँ सीआईबीले लियो बयान

    2.2K
    SHARES



    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग बयान लिएको छ ।

    सीआईबीको टोलीले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईसँग आइतबार साँझ बयान लिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य बताए।

    यसअघि २ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधव नेपालको बयान नै नलिई छानबिन प्रतिवेदन बुझाउने तयारी गरिएको थियो । सीआईबीको यस कदमको चौतर्फी आलोचना पनि भएको थियो ।

    यता, नेसपाका नेता विश्वदीप पाण्डेले भने डा. भट्टराई आफैले एआईजी बज्राचार्यलाई निवासमा बोलाएर ललिता निवास प्रकरणबारे छलफल गरेको बताएका छन् ।

    बज्राचार्यसहितको टोली आइतबार साँझ ५ बजे भट्टराई निवास पुगेको नेसपाका नेता पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

    ‘अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणमा आफूलाई जानकारी भएको कुरा साझा गर्नुभएको छ । करिब ४५ मिनेट यस विषयमा छलफल भएको थियो,’ पाण्डेले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ