• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय

    2.1K
    SHARES



    काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ हुने भएको छ ।

    आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

    त्यसअघि बिहान साढे १० बजे उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय भएको सुनुवाइ समिति सदस्य ईश्वरी घर्तीमगरले जानकारी दिइन् ।

    गत साउन २३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय राखेर श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो ।

    गत साउन १८ गते संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको थियो ।

    न्यायपरिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसमा श्रेष्ठको नाम पहिलो नम्बरमा रहेको थियो ।

    संसदीय समितिबाट अनुमोदन भएमा उनले १४ महिना सर्वोच्चको नेतृत्व गर्नेछन्य । स्तै, बाराको पचरौता नगरपालिकाकी उपमेयर नासिमा खातुनमाथि कुटपिट भएको छ । शनिबार एक समूहले उनकै घरमा छिरेर खातुन र उनका श्रीमान् नेवाजी अन्सारीमाथि कुटपिट गरेका हो ।

    पचरौता नगरपालिका मेयर जलन्धरसिंह जैसवारले २ नम्बर वडाका वडाध्यक्ष मनोज यादवको समूहले साँझ साढे ७ बजेतिर उपमेयर खातुनको घरमा गएको र उनीमाथि कुटपिट गरेको बताए ।

    कुटपिटबाट खातुन र उनका श्रीमान घाइते छन्। उनीहरूको एलेक्स न्युरो अस्पतालमा उपचार भइरहेको नगरप्रमुख जैसवारले जानकारी दिए ।

    बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले भने घटना सामान्य भएको बताए । ‘दुई पक्षबीच भएको सामान्य झडप हो, कुटपिट होइन,’ उनले  भने ।

    झडपमा वडाध्यक्ष पाण्डेको संलग्नता नरहेको पनि एसपी बोगटी बताउँछन् । अस्पतालले सामान्य चोटपटक लागेकालाई पनि आइसियूमा राखेको उनले बताए ।

    ‘यहाँका अस्पताल त्यस्तै छन्, सामान्य बिरामीलाई पनि आइसियुमा राखिदिन्छन्,’ उनले भने । घटनाबारे अहिलेसम्म प्रहरीमा उजुरी नआएको बोगटीले बताए।

    मेयर जैसवारका अनुसार वडाध्यक्ष यादवले सात महिनाअघि पनि उपप्रमुख खातुनमाथि आक्रमण गरेका थिए। यसपालि खेलकुदको बजेटबारे विवाद भएका कारण उनले उपप्रमुखमाथि कुटपिट गरेको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ