काठमाण्डाै । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।
आज सुन तोलामा १ लाख १२ हजार ४ सयमा कारोबार भइरहेको छ, आज चाँदीको भाउ पनि घटेको छ ।
तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, कुमारी बैंक लिमिटेडले इएमएफ माइक्रोफाइनान्स फण्डसँग व्यावसायिक ऋण सम्झौता गरेको छ ।
इएमएफसँगको सहकार्यमार्फत बैंकले सान तथा मझौला क्षेत्रलाई सरल दरमा कर्जा पहुँचका साथ सशक्तीकरण गर्ने लक्ष्य राखेको छ ।
यसबाट उनीहरुलाई आर्थिक उन्नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्ने बैंकले जनाएको छ ।
बैंकका देशभर ३०४ शाखाका साथै ४९ एक्सटेन्सन काउन्टर, ३०७ एटीएम तथा ६३ शाखा रहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।
प्रतिक्रिया