• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली

    हिरासतमा पुस्तकालय अभियान

    3.2K
    SHARES



    सुर्खेत । ‘कारागारमा किताब’ अभियानपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले हिरासतमा पुस्तकालय स्थापना अभियान चलाएको छ ।

    त्यसका लागि १० वटै जिल्लाका १४ वटा हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि निर्देशन दिइसकेको छ । १० वटा जिल्ला प्रहरी कार्यालय र बाँकी ४ वटा मुद्दा चल्ने इलाका कार्यालयहरू कर्णालीमा रहेका छन् ।

    प्रदेश प्रहरी कार्यालयका डीआईजी भिमप्रसाद ढकालले अबको १५ दिनभित्र पुस्तकालय स्थापना गरिसक्ने गरी निर्देशन दिइसकिएको बताएका छन् । प्रदेश प्रहरी कार्यालयमा भने पुस्तकालय स्थापना भइसकेको छ ।

    बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै ढकालले भने,‘हामीले विशेष गरी हिरासतमा रहेका व्यक्तिहरुको मनोविज्ञानमा परिवर्तन आउने उद्देश्यसहित यो अभियान थालेका हौँ ।’

    यसअघि कारागारमा पुस्तक अभियान पनि कर्णालीबाट नै सञ्चालनमा आएको थियो । १० वटै जिल्लाका कारागारहरुमा रहेका कैदी बन्दीहरुका लागि ‘कारागारमा किताब’ अभियान सञ्चालन गरिएको थियो । डीआईजी ढकालले उक्त अभियानकै प्रेरणाले हिरासतमा समेत पुस्तकालय स्थापना गर्ने सोच आएको बताएका छन् ।

    ‘कारागारबाट हिरासतमा आएकाहरु पनि किताब पढ्नमा रुचि राख्न थाल्नुभयो, त्यसपछि हामीले हिरासतमा पनि पुस्तकालय राखेर उनीहरुको मनोविज्ञानमा सचेतना फैलाउने उद्देश्यसहित यो अभियान थालेका हौँ,’ उनले भने,‘कैदीबन्दीले कारागारमा होस् वा हिरासतमा रहँदा उनीहरुको मनोविज्ञान बदल्ने खालका महत्त्वपूर्ण पुस्तक पढेपछि रुपान्तरण आउँछ नै ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया