• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मधेश

    मधेसको कृषि मन्त्रालयका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    2.3K
    SHARES



    काठमाडौँ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी तथा गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    सहकारीको आयमूलक तालिमको नाममा अनियमित तरिकाले रकम भुक्तानी लिइ भ्रष्टाचार गरेको अभियोग उनीमाथि छ ।

    झाले आर्थिक वर्ष २०७८-०७९ मा मधेश प्रदेशका आठवटै जिल्लामा सहकारी सम्बन्धी आयमूलक तालिम सञ्चालन गर्नको लागि पेश्की लिई कार्यक्रम संचालन गर्दा तालिममा खर्च भएको भन्दा बढी रकमको बिल पेश गरेको पुष्टि भएको अख्तियारको भनाइ रहेको छ ।

    पेश्की रकम फर्छ्यौट तथा बाँकी खर्च रकम सोधभर्नाको लागि झुटा बिल, भरपाई तयार गरेर अस्वाभाविक रुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाएको पनि अख्तियारले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ