• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

आजकै दिन : आइफोन बिक्री सुरु

3.9K
SHARES



काठमाडौँ । सन् २००७ मा आजकै दिन (जुन २९) मा एप्पल कम्पनीले आइफोनको पहिलो मोडेलको बिक्री सुरु गरेको थियो ।

एप्पलका तत्कालीन सीईओ स्टिभ जब्सले २००७ को जनवरी ९ मा सार्वजनिक गरेको आइफोनको पहिलो मोडेलको बिक्री जुन २९ देखि सुरु भएको थियो ।

लामो समयको चर्चा र चासोबीच सुरु भएको आइफोनले स्मार्टफोनको बजारमा नयाँ उत्साह र रेकर्ड कायमसमेत गर्न सफल भयो । उक्त मोडेलको मूल्य ४ जीबीको ४ सय ९९ र ८ जीबीको ५९९ अमेरिकी डलर तोकिएको थियो । ३.५ इन्चको डिस्प्ले रहेको आइफोनको अपरेटिङ सिस्टम आइओएस ३.१.३ रहेको थियो । उक्त फोनमा २ मेगापिक्सेलको एक मात्र क्यामेरा रहेको थियो ।

पहिलो मोडेल सार्वजनिक भएको एक वर्षपछि एप्पलले आइफोनको दोस्रो मोडेल बजारमा ल्याएको थियो । त्यसको नाम आइफोन थ्रीजी राखिएको थियो । थ्रीजी नेटवर्क सपोर्ट गर्ने फोनको मूल्य पहिलेको तुलनामा घटाइएको थियो ।

८ जीबी क्षमताको मोडेललाई १९९ र १९ जीबीलाई २९९ डलर तोकिएको थियो । आइफोनको डेढ दशकभन्दा लामो यात्रामा पछिल्लोपटक १४ औं मोडेल सार्वजनिक भइसकेको छ । यो अवधिमा एप्पलले निकै परिमार्जन र परिष्कृत गरेर आइफोनका अत्याधुनिक मोडेलहरू बजारमा ल्याइरहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ