• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सुनको मुल्या घट्यो

    2.5K
    SHARES



    काठमाण्डौ। सुनको भाउ आज घटेको छ ।

    तोलामा ६ सय रुपैयाँले घटेर सुन आज १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    यस्तै, विद्युतीय सवारीको बजारमा बढ्दै गएको प्रतिस्पर्धामा फक्सवागनले आफ्नो सस्तो मूल्यको सवारी ल्याउने भएको छ ।

    कम्पनीले बजारको मागलाई ध्यानमा राख्दै सस्तो विद्युतीय सवारी सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी बाहिर आएको छ । कम्पनीले आईडी वान (ID.1) नामक विद्युतीय सवारी निर्माण गरिरहेको छ ।

    कम्पनीले हालै सार्वजनिक गरेको आईडी टु (ID.2) को तुलनामा सानो आकारको हुने बताइएको छ । यसमा ब्याट्री प्याक पनि कम हुनेछ जसले गर्दा यसको रेन्जलाई सीमित गर्नसक्छ ।

    बाहिरिएको जानकारी अनुसार फक्सवागनको ‘आईडी वान’ ३८ किलोवाट प्रति घण्टा र ५८ किलोवाट प्रति घण्टा ब्याट्रीको भेरियन्टमा उपलब्ध हुनेछ ।

    साथै यो शहरी क्षेत्रमा प्रयोग गर्नका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । कारको विषयमा अन्य जानकारी भने बाहिरिन बाँकी नै छ ।

    उक्त सवारीको मूल्य १७ हजार युरो (करिब साढे २४ लाख रुपैयाँ) पर्ने अनुमान गरिएको छ । सस्तो र राम्रो विद्युतीय सवारी खोज्ने ग्राहका लागि यो कार उपयुक्त हुने कम्पनीको विश्वास छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ