• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    पत्रकार विश्वकर्मामाथि भौतिक आक्रमणको प्रयास

    10.4K
    SHARES



    काठमाडौँ । नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष ईश्वर विश्वकर्मामाथि राजधानी दैनिकको कार्यालय परिसरमै भौतिक आक्रमणको प्रयास भएको छ ।

    असार ८ गते शुक्रबार राजधानी दैनिकको कार्यालयमा भएको पूजा कार्यक्रममा सञ्चालक मध्येका एक सदस्यको अगुवाईमा अध्यक्ष विश्वकर्मामाथि विभेदपूर्ण व्यवहार गर्दै कोठाभित्र थुनेर सटर र मूल ढोकाको चाबी लगाई बन्धक बनाएर भौतिक आक्रमणको प्रयास गरिएको राजधानी प्रतिष्ठान शाखाले जनाएको छ ।

    सो क्रममा राजधानी दैनिकमा कार्यरत रहेका महासंघ उपत्यका प्रदेश समितिका महासचिव टेनिस रोका, काठमाडौँ शाखाका सचिव महेश्वर गौतम र पत्रकार नीराजन पौड्याललाईसमेत धम्की दिइएको प्रतिष्ठानले जनाएको छ ।

    नेपाल पत्रकार महासंघले राजधानी दैनिकका सञ्चालकको अगुवाइमा भएको यो घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

    ‘हाल व्यवस्थापन पक्षकै कारण बन्द रहेको राजधानी दैनिकको सञ्चालकबाट भएको यो हर्कतले पत्रिकामा कार्यरत पत्रकार तथा कर्मचारीलाई सेवा सुविधा नै नदिई जबरजस्ती हटाउने उद्देश्य रहेको स्पष्ट छ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘बन्द अवस्थामा रहेको पत्रिका सुचारु गरी पत्रकार तथा कर्मचारीको अधिकारको सुनिश्चितता गर्न तथा श्रमजीवी ऐनअनुसार अगाडि बढ्न तथा त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीको सुरक्षामासमेत ध्यान दिन माग गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ