• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    त्रिवि उपप्राध्यापक चलाउनेको गिरफ्तारीप्रति क्रान्तिकारीको आपत्ति, तत्काल रिहा गर्न माग

    2.4K
    SHARES



    काठमाडौँ। आमरण अनशनका लागि जिल्ला अदालत परिसर पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको घट्नाप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल (क्रान्तिकारी)ले आपत्ति जनाएको छ ।

    उपप्राध्यापक चलाउनेलाई सोमवार काठमाडौं जिल्ला अदालतबाट प्रहरीले गिरफ्तार गरेलगत्तै अखिल (क्रान्तिकारी)का त्रिभुवन बिश्वविद्यालय क्याम्पस बिशेष समितिका इन्चार्ज गोविन्द विष्टले एक बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् । साथै उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

    चलाउने विरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर मुद्दा फिर्ता लिएर सरकारले प्रेम चलाउनेमाथि गम्भिर अपराध गरेको उनले बताएका छन् ।

    ‘त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट नियन्त्रणमा लिएको घट्नाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । चलाउने विरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर मुद्दा फिर्ता लिएर सरकारले प्रेम चलाउने माथि गम्भिर अपराध गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

    न्याय दिनुपर्ने निकाय नै अपराधिहरुको संरक्षणमा लागेर न्यायको गला रेटेपछि चलाउने सडक सङ्घर्षमा आउनु एकमात्रै बाध्यता रहेको इन्चार्ज विष्टले बताएका छन् । उनले चलाउनेको गिरफ्तारीलाई सरकारको फासिस्ट कदमको संज्ञा दिएका छन् ।

    इन्चार्ज विष्टले अपराधिक गतिबिधिमा संलग्नहरुको मुद्दा फिर्ता लिने निर्णयबाट पछि हटेर सरकारले अपराधिहरुलाई कडाभन्दा कडा कारवाही गरि चलाउनेलाई न्याय दिनुपर्ने माग गरेका छन् । अन्यथा न्यायको लागि अखिल (क्रान्तिकारी) कडा सङ्घर्ष गर्न बाध्य हुने चेतावनी समेत बिज्ञप्तिमार्फत दिइएको छ ।

    ‘अपराधिक गतिबिधिमा संलग्नहरुको मुद्दा फिर्ता लिने निर्णयबाट सरकार पछि हटेर अपराधिहरुलाई कडा कार्वाहि गरियोस र चलाउनेलाई न्याय दिईयोस । अन्यथा न्यायको लागि सङ्गठन कडा सङ्घर्ष गर्न बाध्य हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

    समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा रहेको थियो । मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो ।

    तर, त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै चलाउने आमरण अनसन बस्न काठमाडौँ  जिल्ला अदालतमा पुगेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ