काठमाण्डाै। सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।
हिजो तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।
यस्तै, नेपाल एसबिआई बैंक लिमिटेडले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ प्राप्त गरेको छ ।
उक्त अवार्ड च्यानल इनोभेसन गोल्ड अवार्ड विधाअन्तर्गत यो अवार्ड उत्कृष्ट एवं भरपर्दो मोबाइल बैंकिङ सेवा तथा सुविधाहरूका आधारमा योनो नेपाल एसबिआईका लागि प्रदान गरिएको हो ।
हाल बैंकले देशभरमा ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, १० शाखारहित बैकिङ सेवा, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै १ सय २८ एटीएममार्फत सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया