• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    ६ घण्टाको बाथरुम ब्रेक लिएपछि जागिर चैट

    8.3K
    SHARES



    काठमाडौँ। चीनका एक व्यक्तिलाई कामको समयमा शौचालयमा अत्यधिक समय बिताएको भन्दै जागिरबाट निकालिएको छ । ती व्यक्तिले टोइलेटमा ४७ मिनेटदेखि ६ घण्टासम्म बिताउने गरेको बताइएको छ ।

    चिनियाँ मिडियाले यो अचम्मको घटनाबारे जानकारी गराएका हुन् । जसअनुसार वाङ थर भएका एक व्यक्तिले आफूलाई जागिरबाट निकालेको भन्दै मुद्दा दर्ता गरेका थिए । उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण शौचालयमा धेरै समय बिताउनु परेको भन्दै मुद्दा पनि दर्ता गरेका थिए ।

    वाङले आफ्नो एनोरेक्टल (मलद्वार) सम्बन्धी समस्या भएका कारण शल्यक्रिया गर्नुपरेको र यसका कारण आफूलाई पीडा र असहज महसुस हुने गरेकोले दैनिक ३ देखि ६ घण्टा शौचालयमा बिताउन बाध्य भएको बताएका छन् ।

    वाङको पूर्व रोजगारदाता कम्पनीले १० दिनको अवधिमा उनले जम्मा २२ पटक टोइलेट ब्रेक लिएको जुन ४७ मिनेटदेखि ६ घण्टासम्म भएको जानकारी दियो ।

    काममा ढिलो, कार्यालयबाट छिटो निस्केको, जानकारी नदिई बिदा बसेकोले तियानजिनस्थित नाम नखुलाइएको कम्पनीले वाङलाई जागिरबाट निकालेको स्पष्टीकरण दिएको छ ।

    वाङको शल्यक्रिया सन् २०१४ को डिसेम्बरमा भएको थियो । उनको रोजगारदाता कम्पनीले सन् २०१५ मा जुलाईमा काममा फर्किएपछि उनले असामान्य रूपमा टोइलेट ब्रेक लिन थालेको बतायो ।

    वाङलाई कम्पनीले २०१५ मा सेप्टेम्बर ७ देखि १७ सम्म निगरानीमा राखेको थियो । त्यति बेला उनले प्रत्येक दिन तीन पटक लामो टोइलेट ब्रेक लिएको पाइएपछि उनलाई कम्पनीले जागिरबाट बिदा गर्ने निर्णय गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ