• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    गभर्नर अधिकारी भन्छन्- बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँछौं

    1.8K
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारीले बजेटमा आएको कुरा कार्यान्वयन गर्ने खालको मौद्रिक नीति आउने बताए । उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रको विकासलाई सहज हुने खालको ल्याइने बताएका छन् ।

    सोमबार काठमाडौँमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै बजेट सिलिङ बारेको प्रश्नको बारेमा सम्पूर्ण निकायमा छलफल भएको उनको भनाइ छ ।

    यसैगरी, नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले आगामी आवका लागि ल्याएको बजेटको प्रशंसा गरेका छन् । सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने पनि बताए ।

    गभर्नर अधिकारीले बजेटको सिलिङमा अघिल्ला वर्षभन्दा यो वर्ष निकै छलफल भएको पनि बताएका छन् । यो पटकको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको उनले बताए । यो वर्षमा राजस्वमा परेको दबाब न्यून गर्न धेरै काम भएको उनको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ