• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नबिल बैङ्कले ल्यायो ‘नबिल दिगो घर कर्जा’, यस्ता छन् विशेषता

    5K
    SHARES



    काठमाडौँ। नबिल बैङ्क लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजनाको स्किम अघि सारिएको हो ।

    आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच बैङ्कका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेका हुन् ।

    सो अवसरमा नबिल बैङकले दिगो बैङ्किङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने अध्यक्ष पौड्यालले बताए ।

    उक्त समारोहमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले नबिल बैङ्कले दिगो बैङ्किङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा स्पष्ट पारे ।

    साथै बैङ्कका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा सुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्त्वबारे जानकारी दिए ।

    उनले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्याउने विश्वास गरेका छन् । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रबर्द्दन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिति रहेको थियो ।

    नबिल दिगो घर कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ । यस स्किमले देशको आवास निर्माण क्षेत्रभित्र वातावरणमैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरू प्रवर्द्धन गर्ने विश्वास रहेको बैङ्कले जनाएको छ ।

    दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरणमैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको बैङ्कको भनाइ छ।

    वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यस योजना अन्तर्गत आवास कर्जा लिन सक्नेछन् ।

    बैङ्कले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरूले बैङ्कको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन् भने स्थिर ब्याजदर चाहने ग्राहकहरूले ७ वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्नेछन् ।

    सात बर्ष भन्दा बढि अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सात बर्ष पछि बाँकी अवधिमा सात वर्ष पश्चात्को आधार दरमा १.५ प्रतिशत जोडी हुने ब्याजदरमा प्राप्त गर्न सक्नेछन् ।

    साथै सो स्किम अन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने १ वर्षलाई दुई लाखसम्मको निशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराईनेछ ।

    यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्ष सम्ममा चुक्ता गर्न सक्नेछन् । यो कर्जा योजना बैङ्कको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने छ ।

    यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गई रहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने छ भने उक्त नक्सामा वर्षाको पानी सङ्कलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सिएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनु पर्ने उल्लेख छ ।

    यो कर्जा, वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न, वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिइ वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न तथा यस बैङ्कबाट घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भई सकेको घरमा वातावरण मैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्नेछन् ।

    यस कर्जा उपयोग गर्ने प्रक्रिया अन्य घर कर्जाहरू जस्तै सरल हुनेछ । न्यूनतम कर्जा सीमा ७ लाख रुपैयाँ र अधिकतम सीमा पाँच करोड रुपैयाँ हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ