• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेप्सेमा उल्लेख्य सुधार, आज ४६ अंकले बढ्यो

    3K
    SHARES

    काठमाडौँ । सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमती जुटेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेख्य सुधार आएको छ ।

    आज अर्थमन्त्रालयमा भएको सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा रहने सम्झौता भएको हो ।

    यससँगै, दिउँसो २ बजेसम्म नेप्से परिसूचक ४६ अंकले बढेको छ । यो समाचार तयार पार्दा सम्मको अवधिमा परिसूचक ४६ अंकले बढेर १ हजार ९ सय १३ अंकमा पुगेको छ ।

    यस्तै, यस अवधिसम्म कारोबारमा आएका कम्पनीमध्ये २ सय १० कम्पनीको सेयर बढेको छ भने ९ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

    यस्तै, ९४ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको २६ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४ दे ७ रुपैयाँ पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ