• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    १६.९६ अंकले घट्यो नेप्से

    1.7K
    SHARES

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो नीति लिएको थियो ।

    तर, सेयर लगानीकर्ता तथा व्यवसायीले राख्दै आएको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा र जोखिम भार घटाउनुपर्ने माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

    राष्ट्र बैंकले बैंकदर घटेर ब्याजदरको घट्दोदरलाई इंगित गरेपनि सेयर बजारसँग प्रत्यक्ष जोडिएको माग सम्बोधन नहुँदा सेयर लगानीकर्ताले त्यसलाई सकारात्मक रुपमा लिन नसकेको देखिन्छ ।

    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १६.९६ अंकले गिरावट हुँदा १८२१.६४ अंकमा बन्द भएको छ । लगानी बाहेकका सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

    नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही बढेर ९० करोड नाघेको छ । गत बिहीबार करिब ५८ करोडको कारोबार भएको सेयर बजारमा आइतबार कारोबार रकम बढेको हो ।

    २२ हजार ७२९ वटा कारोबारमा २७ लाख ८८ हजार ८१५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ९० करोड ६ लाखको कारोबार भएको हो ।

    जसमध्ये नागरिक लगानी कोषको सर्वाधिक ५ करोड ३६ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ४ करोड ६० लाख र एनआईसी एशिया बैंकको ४ करोड ५८ लाखको कारोबार भएको छ ।

    आइतबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १ सय ६९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ। यस्तै ४० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया