• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    दुई दिन राताम्मे भएको शेयर बजार आज बढ्यो

    1K
    SHARES



    काठमाण्डाै । हिजो (साेमवार) र अस्ति (आइतवार) घटेर राताम्मे भएको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.६६ अङ्कले बढेर १ हजार ८ सय ४४.३६ विन्दुमा पुगेको हो ।

    आज सबै समूहको शेयर बढेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज २ सय ६९ वटा कम्पनीकाे २८ लाख ३६ हजार कित्ता शेयर ७७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

    सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

    समग्रमा बजार बढे पनि आज युनिक नेपाल लघुवित्तको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ