• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नबिल बैंकद्वारा तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

    1.2K
    SHARES



    काठमाडौं । कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ ।

    राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ ।

    १० वैशाखदेखि १६ वैशाखसम्म सञ्चालित तालिमबाट स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक व्यक्तिहरूका लागि उपयोगी हुने अपेक्षा बैंकले राखेको छ ।

    कार्यक्रममा नबिल बैंकका एसएमई, लघुवित्त तथा दिगो बैंकिङ प्रमुख, निरजकुमार बस्नेत डनिलले उद्यमी बन्न चाहानेहरूका लागि यो तालिम सहयोगी हुने विश्वास व्यक्त गरे ।

    उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याइ देश भित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनामार्फत दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम सञ्चालन गरिएको बैंकको भनाइ छ ।

    नबिल दिगो बैंकिङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

    कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत नबिल बैंकका तर्फबाट कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ती लगायतको सहभागिता रहेको थियो । तालिममा ५७ जना स्थानीय उद्यमीहरूको सहभागिता रहेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ