• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ट्वीटरमा १० लाख फलोअर्स हुनेलाई नि:शुल्क निलो टिको !

    2.8K
    SHARES



    काठमाडौँ। आइतबार आफ्नो ट्वीटर अकाउन्ट लगइन गर्दै गर्दा विश्वको राजनीति, मनोरञ्जन तथा खेल क्षेत्र सम्बद्ध धेरै सेलिब्रेटीहरू अचम्ममा परे ।

    किनकि शुल्क नतिरेको भन्दै एलन मस्कले हटाइदिएको आफ्नो ट्वीटर अकाउन्टको लोकप्रिय नि:शुल्क निलो टिको पुनः फर्काइएको थियो ।

    १० लाख वा सोभन्दा धेरै फलोअर्स हुनेको ट्वीटर भेरिफिकेसन ब्याज फिर्ता गर्ने ट्वीटरको निर्णयसँगै धेरै चर्चित सेलिब्रेटीको हराएको निलो चिह्न शुल्क नतिरिकनै फिर्ता दिइएको छ ।

    भारतमा चर्चित क्रिकेटर सचिन तेन्दुलकरदेखि अभिनेताहरु अमिताभ बच्चन, शाहरुख खानलगायतको ट्वीटर अकाउन्टको लिगेसी भेरिफिकेसन ब्याज फिर्ता आएको छ ।

    यतिमात्र होइन मृत्यु भैसकेका बास्केटबल खेलाडी कोबो ब्राएन्ट तथा चाडविक बोसम्यान जस्ता दिवंगत सेलिब्रेटीहरुले पनि उनीहरुको ट्वीटर अकाउन्टबाट हटाइएको निलो चिह्न फिर्ता पाएका छन् ।

    तर ६५ लाख फलोअर्स भएका ट्वीटर संस्थापक ज्याक डोर्सीको ट्वीटर अकाउन्टबाट हटेको निलो टिको चाहिँ फिर्ता गरिएको छैन ।

    ट्वीटरले मासिक शुल्क नतिर्ने प्रयोगकर्ताहरुको अकाउन्ट भेरिफिकेसन ब्याज हटाउने निर्णय अनुसार बिहीबारदेखि विश्वका धेरै देशमा सरकारी निकायहरु, सेलिब्रेटी, व्यापारी तथा नेता आदिको ट्वीटर अकाउन्टमा रहेको नि:शुल्क निलो टिको हटाइदिएको थियो ।

    ट्वीटरले अकाउन्ट भेरिफिकेसनका लागि मासिक शुल्क तिर्नुपर्ने नियम ल्याएसँगै त्यसको आलोचना भएको थियो । अमेरिकाका कतिपय चर्चित सेलिब्रेटीहरुले ट्वीटर भेरिफिकेसन सब्सक्रिप्सनको शुल्न नतिर्ने बताएपछि एलन मस्क आफैंले उनीहरुको शुल्क तिरिदिने बताएका थिए ।एजेन्सी

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ