• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नर्भिकले ३० औं वार्षिकोत्सवको अवसरमा १ साताका लागि ३० प्रतिशत छुट दिने

    1.6K
    SHARES



    काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा छुट योजना ल्याएको छ । अस्पतालले आज आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गरेर नै विशेष छुट दिने घोषणा गरेको हो ।

    अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ देखि ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट दिने भएको हो । अस्पतालका अनुसार लेजर र हाइड्रा फेसियल, आइभिएफ (फर्टिलिटी प्याकेज) र म्यामोग्राफीमा १ महिनासम्म ३० प्रतिशत छुट दिने बताएको छ ।

    त्यस्तै अस्पतालले वैशाख महिनामा काठमाडौँ र काठमाडौँ बाहिर गरी ४ वटा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।अस्पतालले गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवा दिएको दाबी पनि गरेको छ ।

    अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवासहित मान्यता प्राप्त तथा मापदण्ड पूरा गर्ने नेपालको पहिलो अस्पताल भएको दाबी गरेका छन् ।

    उनकाअनुसार क्याथेटराइजेशन स्याब स्थापना गर्ने नर्भिक देशकै पहिलो निजी अस्पताल हो । अस्पतालमा स्तरीय इन्भेसिभ र नन इन्भेसिभ कार्डियाक सुविधापनि रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ