• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट

    1.2K
    SHARES



    काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आईपीओ बाँडफाँट गरेको हो ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुन आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो ।

    त्यसमध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरिसकेको छ । यस्तै ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोष र २ अर्थात ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुलाइ छुट्याएर बाँकी रहेको १३ लाख ३७ हजार ३ सय २ कित्ता सेयर सर्वसाधारणको लागि वितरण गरेको हो ।

    कम्पनीले सर्वसाधारणलाई १९ देखि २२ चैतसमम आईपीओ बिक्री खुला गरेको थियो । उक्त आईपीओ कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट १ करिड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो ।

    जस मध्ये ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । यस्तै १२ लाख ८१ हजार ४ सय २ आवेदन सदर भएको प्रभु क्यापिटलले जनाएको छ ।

    कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथा प्रक्रियामा सहभागी गराएर सेयर बाँडफाँट भएको छ । गोलाप्रथाबाट १ लाख ३३ हजार ७ सय ३० जनाले सेयर पाएका छन् ।

    जसमध्ये २ जनाले ११ कित्ता सेयर पाएको प्रभु क्यापिटलले जनाएको छ । बाँकी आवेदक भने हात खाली भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ