काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।
मंगलबार प्रतितोला ५ सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला १ हजार रूपैयाँले बढेको छ ।
छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ बढेको छ ।
प्रतिक्रिया