• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    गीत-सङ्गीत

    गायक लक्कीले किन मागे माफि ?

    2K
    SHARES

    काठमाडौँ। ब्राहमणलाई इब्राहिमको सन्तान भनेर आफ्नो फेसबुक पेजमा स्टाटस लेख्ने भारतीय पप गायक लक्की अलीले माफि मागेका छन्।

    उनको फेसबुक स्टाटसले विवाद भएपछि आफ्ना समर्थकहरुसँग उनले माफि मागेका हुन । माफि मागेसँगै उनले आफ्नो स्टाटस पनि हटाएका छन् ।

    गायक लक्की अलीले लेखेका छन, ‘मैले मेरो अघिल्लो पोस्टबाट उत्पन्न विवाद महसुस गरें। मेरो उद्देश्य तनाव वा असन्तुष्टि सिर्जना गर्ने थिएन र म माफी चाहन्छु ।

    बरु मेरो उद्देश्य हामी सबैलाई नजिक ल्याउने थियो। तर मैले जे सोचेर त्यो पोष्ट गरेको थिए, तर त्यस्तो नभएको महशुस गरे ।’

    उनले थप लेखेका छन्, ‘अब म कुनै पनि पोस्ट गर्नुभन्दा पहिले धेरै होसियार हुनेछु किनभने मेरो अघिल्लो पोस्टले धेरै हिन्दू दाजुभाइ दिदीबहिनीहरूलाई विचलित गरेको थियो । म यसका लागि हृदयदेखि माफी चाहन्छु। म तपाईं सबैलाई माया गर्छु ।’

    मिडिया रिपोर्टका अनुसार आइतवार लक्की अलीले एक फेसबुक पोस्टमा भनेका थिए, ‘ब्राह्मण अब्रामबाट आएका ब्रह्माबाट आएको हो…र यो अब्राहम वा इब्राहिमबाट आएको हो…ब्राह्मणहरू इब्राहिमका सन्तान हुन् ।’ तर, गायक अलीले अहिले यो पोस्ट हटाइसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया