• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    १ महिनामा भित्रियो १ खर्ब ४ अर्ब रेमिटयान्स

    1.2K
    SHARES



    काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ ।

    गत आर्थिक वर्षको ८ महिनामा १.३ प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आर्थिक वर्षमा भने केहि बढेको हो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म विप्रेषण ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ आएको छ ।

    फागुनमा मात्रै १ खर्ब ४ अर्ब बढी विप्रेषण भित्रिएको राष्ट्र बैैंकले जनाएको छ । गत माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स आएको थियो ।

    चालु आर्थिक वर्ष २०७९-८० को ८ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो अप्रवाह २.६ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७ सय ६१ पुगेको छ ।

    त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २ सय ४०.३ प्रतिशतले बढेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ