• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सातामा प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, अहिले कति छ ?

    1.1K
    SHARES



    काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । गत साता शुक्रबारको तुलनामा तोलामा ८०० रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    गतसाता शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो ।

    जबकी, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।

    यो साताको बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ सम्म पुगेको थियो । त्यसयताका २ दिन लगातार मूल्य घट्दै १ लाख १० हजार रुपैयाँमा कायम भएको हो ।

    सुनको मूल्य बिहीबार ८०० र शुक्रबार २०० ले घटेर कारोबारमा आएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य समेत तोलामा ४० रुपैयाँले बढेको छ ।

    महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ४० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ पुगेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ