काठमाण्डाै । हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने एक्कासी घटेको छ ।
तोलामा ८ सय रुपैयाँले घटेर सुन आज १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।
यस्तै आज चाँदीको पनि भाउ केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।
प्रतिक्रिया