• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नेपालीलाई क्रिप्टोकरेन्सी वा नेटवर्क मार्केटिङमा कारोबार नगर्न राष्ट्र बैंकको ताकेता

    1.4K
    SHARES



    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभित्र वा बाहिर रहेका नेपाली नागरिकहरूलाई क्रिप्टोकरेन्सी जस्ता भर्चुअल करेन्सी वा कुनै पनि प्रकारको नेटवर्क मार्केटिङमा लगानी र कारोबार नगर्न ताकेता गरेको छ ।

    यस्तो कार्य देशमा प्रतिबन्ध रहेको र बारम्बार सूचना दिइरहँदा पनि कारोबार संलग्न व्यक्तिहरू फेला परिरहेका कारण राष्ट्र बैंकले पुन: सूचना निकालेको हो ।

    सूचनामा नेपालमा क्रिप्टोकरेन्सी वा भर्चुअल करेन्सी लगायत नन-फन्जिबल टोकन (NFT), डिजिटल सम्पत्ति, डिसेन्ट्रलाइन्ज्ड फाइनान्स (DeFi) ले कानुनी मान्यता नपाएको र यो अझै पनि प्रतिबन्धित नै रहेको स्मरण गराउन चाहेको भन्दै राष्ट्र बैंकले सूचना प्रकाशित गरेको छ ।

    “नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको, यस बैंकले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको र यस्तो कारोबारबाट विदेशमा लगानी हुने देखिएकोले क्रिप्टोकरेन्सी वा भर्चुअल करेन्सी लगायत नन-फन्जिबल टोकन (NFT), डिजिटल सम्पत्ति, डिसेन्ट्रलाइन्ज्ड फाइनान्स (DeFi को कारोबार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको छ,” सूचनामा भनिएको छ  ।

    साथै, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फन्ड पनि प्रतिबन्धित रहेको स्मरण गराइएको सूचनामा उल्लेख गरिएको छ । “यस्तो कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी, कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषयसमेत स्मरण गराइएको छ,” सूचनामा उल्लेख छ ।

    नेपालभित्र बसोबास गर्ने नेपाली नागरिक फर्म कम्पनी संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरुले विदेशमा लगानी हुनेगरी कुनै पनि प्रकारका क्रिप्टोकरेन्सी वा भर्चुअल करेन्सी लगायत नन-फन्जिबल टोकन (NFT), डिजिटल सम्पत्ति, डिसेन्ट्रलाइन्ज्ड फाइनान्स (DeFi), पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फन्ड कारोबार गरे / गराएको पाइएमा कानुनी कारबाही हुने पनि बैंकको चेतावनी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ